Wednesday, 26th August, 2026
वि.स.

थाहानगरका कोभिड बिरामीलाई एम्बुलेन्स भाडामा आधा छुट

thahaaaaaa-1621248956.jpg

कोभिड-१९ को दोस्रो भेरियन्टबाट थाहानगरमा धेरै संक्रमित हुन थालेपछि सबै बिरामीलाई एम्बुलेन्समा आधा भाडा छुट दिने निर्णय गरेको छ ।

कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समिति र एम्बुलेन्स व्यवस्थापन समितिका पदाधिकारीहरुको ३ जेठमा बसेकाे बैठकले थाहानगरभित्रबाट नगरभित्रकै स्वास्थ्य केन्द्रसम्म ल्याउन लान प्रचलित भाडा दरमा आधा छुट दिने निर्णय गरेको हो । बैठकले आधा भाडा समेत तिर्न नसक्ने बिपन्न परिवारका बिरामीलाई भने वडा कार्यालयको सिफारिसमा पुरै भाडा छुट दिने निर्णय गरेको छ ।

यसैबीच, थाहानगरमा एम्बुलेन्सको अभाव टार्न कोभिड बाहेकका बिरामी बोक्न जिम्मा लगाएको अटोरिक्सालाई जनगुनासो नआउने गरि भाडा लिन निर्देशन दिएको छ । अटो व्यवसायी संघका पदाधिकारीहरुसङ्ग बसेको बैठकले अटोलाई कोरोनाको बिरामी नबोक्न निर्देशन दिएको छ । कोरोनाको बिरामी बोक्दा संक्रमणको जोखिम बढ्न सक्ने भन्दै कोभिडको बिरामी नबोक्न र अन्य प्रयोजनका लागि अटो संचालन नगर्न अनुरोध गरेको हो । २ जेठसम्म थाहानगरमा २ सय २ जनामा कोरोना संक्रमण भैसकेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif