Wednesday, 26th August, 2026
वि.स.

थाहानगरकाे कुन्छालमा 'ड्राई आइसोलेशन सेन्टर' संचालन हुने

Dry-1621221265.jpg

थाहानगरमा होम आइसोलेशनमा बसिरहेका कोरोना संक्रमितहरु लक्षित गरि थाहा नगरपालिका १ कुन्छालमा "ड्राई आइसोलेशन सेन्टर" संचालन हुने भएको छ ।

कुन्छालस्थित गुठी भवनमा आवस्यक बेड व्यवस्था गरि सो सेन्टर संचालन गरिन लागेको कोरोना टोल रोकथाम तथा नियन्त्रण समितिका सदस्य रुपचन्द्र गोपालीले सामाजिक संजालमार्फत बताएका छन् । हालसम्म १६ वटा बेड तयार भैसकेको जनाएको छ । सेन्टर संचालनका लागि वडा कार्यालयबाट एक लाख अनुदान सहयोग गरिएको वडाध्यक्ष हेरमान गोपालीले बताए । सेन्टर संचालनका लागि जनस्तरबाट समेत आर्थिक संकलन भैरहेको समितिले जनाएको छ ।

थाहानगरमा आइतबारसम्म कुल २ सय २ जना संक्रमित भएका छन् भने १ नम्बर वडामा मात्रै ३१ जना संक्रमित छन् । संक्रमित सबै होम आइसोलेशनमा छन् । बिरामी होम आइसोलेशनमा रहेपछी परिवारका अन्य सदस्यहरु पनि जोखिममा रहेपछि समितिले सो सेन्टर संचालनको योजना बनाएको हो । उता, नगरपालिकाद्वारा तयार गरिरहेको बज्रबाराही चौरस्थित आइसोलेशन संचालनको अन्तिम तयारीमा छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif