Monday, 24th August, 2026
वि.स.

थाहानगरः कोरोनाको जोखिम क्षेत्र पहिचान, निर्देशन समितिले अनुगमन गर्ने 

corona-test-thahatimes-1625499198.jpg

थाहा नगरपालिकामा नगरका ७ वटा वडाका नौ वटा टोलहरुलाई कोभिड जोखिम क्षेत्रको रुपमा पहिचान गरिएको छ । 

थाहानगरस्तरीय कोभिड रोकथाम तथा नियन्त्रण निर्देशक समितिको २१ असारमा बसेको बैठकमा स्वास्थ्य शाखाले गरेको रिपोर्टिङको आधारमा नगरका विभिन्न टोललाई कोरोनाको जोखिम घोषणा गरिएको हो । 

हाल कोरोना भाइरस सङ्क्रमितहरुको सङ्ख्या, सङ्क्रमण दर र सङ्क्रमण ‘सिनारियो’ को आधारमा जोखिम क्षेत्र तोकिएको हो । जोखिम क्षेत्र पहिचान गरिएका बस्तीहरुमा वडा नम्बर १ को कुन्छाल, २ को पालुङ र भाङखोरिया, ३ को घर्तिखोला, ५ को तसर र फुर्के, ६ को सरस्वती बजार र ढल्ट, ११ को नौखण्डे र १२ को तारुका गाउँलाई जोखिम क्षेत्रको रुपमा पहिचान गरिएको छ । 

सकेसम्म परीक्षण गर्नै नमान्ने र परीक्षण गरिएका मध्येपनि बहुसङ्ख्यकलाई कोरोना देखिएपछि यी स्थानहरुलाई कोरोनाको उच्च जोखिम क्षेत्र तोकिएको हो । 

कोरोनाको जोखिम रहेको क्षेत्रहरुमा विशेष निगरानी गरिने र आवश्यक अनुगमन गरिने निर्देशन समितिले निर्णय गरेको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०