Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहाको ७ नम्बर वडा कार्यालयलाई स्वास्थ्य सामग्री सहयोग

mask-1619762934-1623062233.jpg

थाहा नगरपालिका वडा नम्बर ७ कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । वडामा कोरोना रोकथाम तथा नियन्त्रण गर्न थाहा–८ बाहुनगाउँ घर भई हाल काठमाडौँ रहेका १३ जना युवाहरुले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । 

युवाहरुबाट वडालाई दुई हजार १०० सर्जिकल मास्क, पाँच थान पीपीई, दुई थान अक्सिमिटर, एघार लिटर स्यानिटाइजर र एक थान अक्सिजन सिलिण्डर प्राप्त भएको वडा नम्बर ७ का वडा अध्यक्ष सनमसिं मोक्तानले जानकारी दिए । वडा अध्यक्ष मोक्तानले सम्पूर्ण सहयोगी युवाहरुलाई धन्यवाद दिएका छन् । 

थाहा नगरपालिका–७ मा अहिले ५५ जना सक्रिय सङ्क्रमित रहेका छन् । 
 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०