Saturday, 15th August, 2026
वि.स.

थाहाको पाँच स्थानमा कोरोनाविरुद्ध सडक नाटक प्रदर्शन

dcs1-1628687011.jpg

थाहा नगरपालिकामा क्रियाशील दामन चेली समाजले २७ साउनमा नगरको पाँच स्थानमा कोरोनाविरुद्ध सडक नाटक प्रदर्शन गरेको छ । थाहा नगरपालिकाको आर्थिक सहयोग र इलाका प्रहरी कार्यालय पालुङको समुदाय–प्रहरी अभियानसँग सहकार्यमा दामन चेली समाजले एकै दिन नगरको घर्तिखोला, शिखरकोट, थानाबजार, कुन्छाल र सरस्वती बजारमा कोरोनाविरुद्ध सडक नाटक प्रदर्शन गरेको हो । 

नगरमा कोरोनाको जोखिम बढिरहेकोले यसलाई न्यूनीकरण गर्न सचेतनामुलक कार्यक्रमअन्तर्गत सडक नाटक प्रदर्शन गरिएको दामन चेली समाजकी अध्यक्ष जयन्ती रायमाझीले थाहा टाइम्सलाई बताइन् । आगामी दिनमा नगरका अन्य स्थानहरुमा पनि सचेतनामुलक कार्यक्रम गर्ने उनले जानकारी दिइन् । 

सडक नाटकमार्फत् कोरोनाका विविध पक्षका बारेमा जानकारी दिँदै यसबाट कसरी बच्न र बचाउन सकिन्छ भन्ने सन्देश दिइएको थियो । नाटकमा थाहा कला केन्द्रका कलाकारहरुले अभिनय गरेका थिए । सो क्रममा मास्क नलगाएको अवस्थामा भेटिएका व्यक्तिहरुलाई करिब पाँच सय मास्कसमेत वितरण गरिएको थियो । 

सडक नाटक प्रदर्शन कार्यक्रममा दामन चेली समाजका संस्थापक अध्यक्ष उर्मिला भट्ट, निवर्तमान अध्यक्ष रिता कार्की, वर्तमान कार्यसमितिका पदाधिकारीहरु जयन्ती रायमाझी, राधिका रायमाझी, सकुन्तला गोपाली, शान्ता रायमाझी, मेनु कार्की, राममाया केसी, कविता कार्की, सुशिला विष्ट लगायतको सहभागिता रहेको थियो । उनीहरुले कोरोनाविरुद्ध जनचेतनामुलक नारा लेखिएको प्लेकार्डसमेत प्रदर्शन गरेका थिए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif