Sunday, 23rd August, 2026
वि.स.

थाहाको पशु विकास शाखाले ५० प्रतिशत अनुदानमा भुईँघाँस वितरण गर्ने

pasu-sakha-1627200030.jpg

थाहा नगरपालिकाको पशु विकास शाखाले पशुपालक कृषकहरुलाई लक्षित गरी ५० प्रतिशत अनुदानमा कृषकहरुलाई भुईँघाँस वितरण गर्ने भएको छ । 

आर्थिक वर्ष २०७८/७९ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत् कृषकहरुलाई हिउँदे भुईँघाँस वितरण गर्न लागेको पशु विकास शाखाका निमित्तप्रमुख रुपेशकुमार मिश्रले जानकारी दिए । 

अनुदानमा भुईँघाँस (जैघाँस) लिन इच्छुक कृषक समूह, फार्म तथा कृषकहरुले नगरपालिकाको पशु विकास शाखामा आगामी १८ साउनभित्र ५० प्रतिशत रकम जम्मा गर्न शाखाले सूचना जारी गरेको छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif