Monday, 24th August, 2026
वि.स.

थाहाको घले गाउँ र चिसापानीको पहिरो पन्छाइयो

pahiro-1623914004.jpg

लगातारको वर्षाको कारण थाहा नगरपालिकाको वडा नम्बर ७ देउखेलस्थित घलेगाउँमा पहिरो खसेर अवरुद्ध भएको सडक खुलाइएको छ । वडा अध्यक्ष सनमसिं मुक्तानसहित युवाहरुको सहभागितामा पहिरो पन्छाएर सडक खुलाइएको वडा अध्यक्ष मुक्तानले जानकारी दिए । 

त्यसैगरी थाहा–७ कै देउराली–चिसापानी सडकअन्तर्गत गोठडाँडामा गएको पहिरो पनि पन्छाइएको छ । चिसापानी क्षेत्रको पहिरो वडा सदस्य दिपेन्द्रकुमार थिङ, रामबहादुर स्याङ्तान, अनुरोध स्याङ्तान, दीपेन्द्र स्याङ्तान लगायतको टोलीले पन्छाएको  वडा अध्यक्ष मुक्तानले बताए । 

विपद जोखिमको अवस्था रहेकोले जुनसुकै बेला एमबलेन्स आवश्यक पर्ने सम्भावनालाई हेरेर तत्काल सडक दुरुस्त राख्न पहिरो पन्छाउने कार्यमा जुटेको उनको भनाइ छ ।  
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

pahiro-1623914009.jpg






Thaha-002-1774415222.gif