Wednesday, 26th August, 2026
वि.स.

थाहाको गाडी कोरोना न्यूनिकरणमा प्रयोग गर्ने प्रमुख प्रशासकीय अधिकृत पुरीको घोषणा

ppp-1620491764.jpg

थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले प्रयोग गर्दै आएको गाडी कोरोना प्रकोप भर आफुले नचढ्ने घोषणा गरेका छन् ।

२५ वैशाख राती ९:४२ बजेको समयमा सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै कोरोना र दैविक प्रकोपमा प्रयोग गर्ने बताउदै सो अवधिभर आफू गाडी नचढ्ने बताएका हुन् । पुरीले स्टाटस लेखेका छन् "मैले प्रयोग गरिरहेको थाहा नगरपालिका को गाडी नम्बर बा २ झ १२५९को गाडी कोरोना र दैबिप्रकोप मा प्रयोग गर्नेगरी हस्तान्तरण गरेको छु।कोरोना अबधी भरी मैले चढिरहेकाे गाडि नचड्ने घाेषणा गर्दछु।"

सुविधा भन्दा पनि नागरिकको स्वास्थ्यलाई ठूलो र महत्व दिदै आफूले चढ्ने गाडी कोभिड रोकथाम तथा नियन्त्रणका गतिविधिमा प्रयोग गर्न हस्नतान्तरण गरेको प्रमुख प्रशासकीय अधिकृत पुरीले बताए । उनले भने-'सबैले सुविधा मात्र हैन यस्तो विपदका बेला सक्दो सहयोग पनि गर्नु पर्छ ।' प्रशासकीय अधिकृत पुरीको उक्त घोषणाकाे सबैले स्वागत गरेका छन् । 

२६ वैशाख कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समितिको बैठक बस्दैछ । थाहानगरमा दैनिक रुपले कोरोना संक्रमितको संख्या बढ्न थालेपछि एम्बुलेन्सको अभावले बिरामीले समय मै सेवा नपाउने सम्भावनाको अन्त्य गर्न अटोरिक्सा प्रयोग गर्ने निर्णय समेत गरेको थियो । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif