Tuesday, 21st April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहाको कोरोना निर्देशन समितिको बैठकले ग¥यो ‘बैठक बस्ने निर्णय’ .(निर्णयसहित)

thahanagar-1628603798.jpg

थाहा नगरपालिकामा गठित नगरस्तरीय कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समितिको बैठकले थाहामा बढ्दो कोरोना सङ्क्रमणको जोखिम कम गर्न सरोकारवालाहरु सहितको बैठक गर्ने निर्णय गरेको छ । २५ साउनमा बसेको सो समितिको बैठकले २७ साउन ११ बजे सरोकारवालाहरु सहितको बैठक बस्ने निर्णय गरेको हो । 

२७ साउनमा थाहानगरका सबै बजार व्यवस्थापन समितिका अध्यक्ष र सचिवहरु,  बैंक तथा वित्तीय संस्थाका प्रबन्धकहरु, अस्पताल तथा पोलिक्लिनिकका अध्यक्षहरु, नापी र मालपोत कार्यालयका प्रमुखहरु र थाहानगर अटो तथा मझौला यातायात व्यवसायी संघका अध्यक्षसहितको बैठक बस्ने निर्णय गरिएको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले जानकारी दिए । 

निर्देशन समितिमा छलफल भएका तीन विषयहरुमध्ये प्रमुख निर्णय यही हो । बाँकी २ वटा निर्णयहरु समीक्षा र आदेश कार्यान्वयनसँग सम्बन्धित छन् । 

निर्णयहरुः 
१. थाहा नगरपालिका क्षेत्रमा कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि थाहा नगरस्तरीय कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समितिको तर्फबाट भैरहेको काम तथा स्वास्थ्य संस्था र पालिकाले गरिरहेको कामको समिक्षा गरियो । 

२. विश्वभर नै फैलिइरहेको कोभिड–१९ को दोस्रो भेरियन्टको संक्रमण थाहा नगरपालिका क्षेत्रमा पनि बढ्दै गएको हुँदा यसको संक्रमण रोकथाम, व्यवस्थापनका विविध कार्यक्रम संचालनका लागि तपसिका सरोकारा वालाहरु सहितको बैठक मिति २०७८ साउन २७ गते विहान ११ बजे बस्ने निर्णय गरियो । 
तपसिलः 

  • थाहानगरका सबै बजार व्यवस्थापन समितिका अध्यक्ष र सचिवहरु, 
  • बैंक तथा वित्तिय संस्थाका प्रबन्धकहरु, 
  • अस्पताल तथा पोलिक्लिनिकका अध्यक्षहरु, 
  • नापी र मालपोत कार्यालयका प्रमुखहरु, 
  • थाहानगर अटो तथा मझौला यातायात व्यवसायी संघका अध्यक्ष । 

३. मकवानपुर जिल्ला भित्र कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि मिति २०७८ साउन २४ गते आइतबार राती १२ः०० बजेदेखि मिति २०७८ साउन ३२ गते सोमबार राती १२ः०० सम्मका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको आदेशमा उल्लेखित बुँदालाई कडाइका साथ कार्यान्वयन गर्न सबै राजनीतिक दल, संघसंस्था तथा सरोकारवालाहरुको तर्फबाट सहयोग गर्ने निर्णय गरियो ।
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०