Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहाका मुख्य बजारहरु सुनसान, वडा अध्यक्षसहित थप ४ जना निको, ३ जना थपिए

photo-1620706945.jpg

थाहानगरमा दिनदिनै कोरोना संक्रमितको संख्या उकालो लाग्ने क्रम जारी भएपछि औंसीको भीडभाड नियन्त्रण गर्न गरिएको कडाइ करिव सफल भएको छ । २८ बैशाख बिहानैदेखि थाहानगरका मूख्य बजार क्षेत्रहरुमा तुलनात्मक रुपले सुनसान नै देखिएको छ । नगरको शिखरकोट, दोबाटो, थानाबजार, ओखरबजार, बाघेखोला, अङ्गारेका बजारहरु अन्य दिनभन्दा सुनसान रहेका थिए । प्रहरीको तत्काल पहूच नरहेका दम्की, बज्रबाराहीको सरस्वती बजारका प्राय: पसलहरुको एक एक ढोका खुल्ला रहेका थिएभने अन्य बजारमा भन्दा मानिसको चहलपहल बढि रहेको थियो ।

यसैबीच, कोभिड १९ संक्रमित भएर होम आइसोलेशनमा बसेका १ सय २४ जनामध्ये वडाध्य्क्षसहित थप ४ जना निको भएका छन् । १ नम्बर वडाध्यक्ष हेरमान गोपालीसहित थप ४ जना निको भएपछि थाहामा निको हुनेको संख्या ७ पुगेको छ । २८ वैशाख विहान आएको पिसिआर रिपोर्ट अनुसार वडा नम्बर ३ मा संक्रमितको संख्या ३ थपिएको डा. रिकेश कार्कीले बताए । संक्रमित भै होम आइसोलेशनमा बसेका स्वास्थ्यकर्मी चन्द्रदीप भुजेल निको भएका छन् । कन्ट्राक्ट ट्रेसिङका आधारमा गरिएको परिक्षणमा भुजेलका परिवारका सदस्यहरुको पनि नेगेटिभ रिपोर्ट आएको छभने आइसोलेशनमा रहेका अन्यको पुन: पोजेटिभ रिपोर्ट आएको छ ।

२८ वैशाख विहानसम्म थाहामा सक्रिय संक्रमितको संख्या १ सय ३४ रहेको छ । तीमध्ये ५ जनाको नगरबाहिर उपचार भैरहेको छ्भने १ सय २३ जना होम आइसोलेशनमा छन्, एक जना भीमफेदी गाउँ पालिकाका छन् ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०