nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहामा बिनयबाबु स्मृति भलिबल शुरु, कसले जित्ला ५१ हजार !

volleyball-1635870945.jpg

बिनय बाबु स्मृति प्रतिष्ठानको आयोजनामा जिल्ला स्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिता १६ कात्तिकबाट शुरु भएको छ । प्रतियोगितामा १७ वटा समूहले सहभागिता रहेको छ ।

बागमती प्रदेशको सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले खेलको उद्घाटन गरिन् । उनले युवा तथा खेलकुद क्षेत्रको बिकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताइन् । 

थाहा नगरपालिका वडा नम्बर २ फाँटबजारमा आयोजना गरिएको चौंथो जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उद्घाटनका क्रममा मन्त्री मोक्तानले खेलकुद सामाजिक बिकासको लागि महत्त्वपूर्ण रहेको विचार व्यक्त गरिन् ।

प्रतियोगितामा प्रथम हुने टिमलाई ५१ हजार ५१ रुपियाँ, द्वितीय हुने टिमलाई २६ हजार २६ रुपियाँ र विजयी टिमहरुलाई शिल्ड, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ । अघिल्लो वर्ष थाहा १ ले जित हात पारेको थियो । 

३ दिनसम्म संचालन हुने प्रतियोगिताको उद्घाटन कार्यक्रम प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीको अध्यक्षतामा भएको थियो । पहिलो दिन सम्पन्न खेलमा गैरिगाउ शसक्त युवा क्लब हेटौंडा, फुफु म्हेन्दो युवा क्लब थाहा ७, बिनय बाबु स्मृति प्रतिस्ठान थाहा २, मेत्तोक युवा क्लब थाहा २, हिमाली डाँफे युवा क्लब मार्खु, नव प्रतिभा सांस्कृतिक युवा क्लब आमभन्ज्याङ बिजयी भएका छन् ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)