nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहाका प्रमुखलाई एसके ज्ञवालीको सार्वजनिक पत्र 

skkkkk-1631846204.jpg

श्री प्रमुखज्यू,

( सम्वन्धित कार्यपालिका )


कार्य सम्पादनमा पटकपटक  देशकै उत्कृष्ट  नगरपालिका  पुरस्कार प्राप्त गर्ने पालिका आफ्नै जिल्लामै हुनु र त्यसको नेतृत्व तपाईंले गर्नुमा हामिलाई गर्व छ । तथापि कार्यसम्पादन मुल्यांकनमा पालिकाको शैक्षिक नीति र त्यसको उचित ब्यवस्थापनबारे स्पष्ट  मुल्यांकन नभएको आभास यसकारण पनि  गरिएको थियो कि सस्थागत विधालयका शिक्षक कर्मचारीलाई अत्यन्तै  न्यून सेवासुबिधा दिने सस्थागत बिधालयहरु पनि  तपाईकै क्षेत्रमा   छन् ।  सबैतिर उत्कृष्ट अध्यक्ष  सस्थागत बिधालयतर्फ  किन मौन भन्ने खसखस लाग्ने गर्या थियो। तर तपशिलको पत्राचारले तपाईंको चासो उजागर गरेको छ । बिद्यालय संचालकलाई बक्यौता उठाउन सहयोग पुर्याउन कस्सिएर लाग्नु भएको रहेछ । राज्यलाई कर तिर्ने सबै निकायको भलो चिताउनु कार्यापालिकाको सकारात्मक कदम हो तर अभिभावकसंग शुल्क उठाएर शिक्षक कर्मचारीको चरम श्रम शोषण गर्ने बिधालयलाई के गर्नु हुन्छ ?

प्रमुखज्यू !
भाषा जतिसुकै घुमाईयोस, तपशिलको पत्र सस्थागत बिधालय संचालकलाई सहज पुर्याउने खालको छ , यसमा सामुदायिक पनि लेख्नु आवश्यक थिएन । त्यहाका शिक्षा अधिकृतलाई थप शिक्षा ग्रहण गर्न भन्नुस् किनकि सामुदायिक बिधालयमा माध्यमिक तहसम्म पुर्ण निःशुल्क हो।  यसैले एउटा सामुदायिक बिधालयमा बक्यौता बाँकी राखेर विद्यार्थी अन्यत्र गएको कुरो कसरी पत्याउनु ? निःशुल्क शिक्षामा बक्यौता कसरी रह्यो ? सस्थागतबाट सामुदायिक जाँदैगर्दा सीमित  अभिभावकले आर्थिक बेइमानी गरेका छ्न । त्यो बेइमानी रोक्नुपर्छ साथै पैसो तिरेर पनि स्थानान्तरण पत्र नदिने बेइमानी गर्ने बिधालयको बेइमानी पनि त रोक्नुपर्छ नि । संस्थागत  र संस्थागत बीचको अस्वस्थ प्रतिस्पर्धाले पनि समस्या भएको छ । म ठोकुवा साथ भन्न सक्छु जो जसले तपाईंकोमा निवेदन हाल्यो उसैको बिद्यालयको भर्ना विवरण मगाउनुस् । बिना स्थान्तरण प्रमाणपत्र गरिएको भर्नाको लामो लिस्ट तयार हुन्छ । आफू गरे सही अर्कोले गरे कानुन विपरीत ?  तर विद्यार्थी कहाँ पढाउने अभिभावकको रोजाइको पाटो हो । अभिभावकलाई सजिलै स्थान्तरण प्रमाण नदिएर दुख दिने बिधालय पनि छ्न। सरकारी पत्राचार र न्याय सर्वब्यापी हुनुपर्छ ।यसर्थ शिक्षा अधिकृतलाई भनिदिनुस पत्रचारको भाषामा अर्थ गन्हाउने गरि लेख्नु पर्दैन । 
यसरी पनि लेख्न सकिन्छ  ः
 श्री सबै बिधालय 
 बिषय : बिद्यार्थी स्थान्तरण प्रमाण पत्र बारे ।

उपरोक्त सम्बन्धमा बिधालयमा नयाँ विद्यार्थी भर्ना गर्दा पहिला अध्ययनरत  बिधालयबाट स्थान्तरण प्रमाणपत्र  अनिवार्य रुपमा ल्याएको हुनुपर्ने छ । बिना स्थान्तरण प्रमाणपत्र विद्यार्थी भर्ना गर्नु ÷ गराउनु पाईने छैन । साथै आफ्नो छोराछोरी कहाँ र कुन बिधालय पढाउने भन्ने अभिभावकको रोजाईको बिषय हुनाले कुनै अभिभावकबाट स्थान्तरण प्रमाणपत्र माग भई आएमा आवश्यक प्रक्रिया पूरा गरि तुरुन्त उपलब्ध गराउन समेत निर्देशन गरिन्छ ।
 – शिक्षा अधिकृत 
–––––––––
यति सजिलो र सामान्य भाषाले पुग्नेमा  अर्थ गन्ध आउने भाषाको प्रयोग हुनुले आर्थिक चलखेलको आभाष हुन्छ । यदि आशङ्का गरिए अनुरुप होइन, कानुनी प्रक्रिया अपनाइएकै हो  भने  भन्न सक्नु पर्यो आर्थिक बक्यौतामा सामुदायिकका विद्यार्थी पनि कसरी पर्छन् ? बोर्डिङको शुल्क उठाउन सहयोग पुर्याउने सम्बन्धित शिक्षा अधिकृतले सो नगरपालिकाका सबै सस्थागत बिधालयहरुलाई त्यहाँ कार्यरत शिक्षक÷ कर्मचारीलाई नेपाल सरकारको शिक्षा ऐन अनुसारको सेवा सुबिधा दिनुपर्ने भनेर पनि पत्राचार गर्ने हिम्मत गर्नु पर्यो । सरकारी निकायले पैसा उठाउन सहयोग गर्छ भने जुन शीर्षकमा शुल्क उठाइयो त्यसमै खर्च गर भन्न किन सक्दैन ?
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)