Saturday, 15th August, 2026
वि.स.

थाहाका डाँडाकाँडा सेताम्मे, त्रिभुवन राजपथ अवरुद्ध

IMG_20211229_102615-1640753096.jpg

मकवानपुरकाे पर्यटकीय दामन-सिमभञ्ज्याङ क्षेत्रमा हिउँ परेकाे छ । गए रातिदेखि परेकाे वर्षासँगै साे क्षेत्रमा विहानैदेखि हिउँ परेकाे हाे । हिमपात अझै जारी छ । 

दामन-सिमभञ्याङसहित वरपरका अग्ला डाँडाहरु हिउँ परेर सेताम्मे भएका छन् । हरेक वर्षजसाे हिमपात हुने साे क्षेत्रमा यस वर्षकाे हिउँदमा पहिलाेपटक हिउँ परेकाे हाे । 

हिमपातका कारण त्रिभुवन राजपथकाे पालुङ-अघाेर खण्डकाे झण्डै १० किलोमिटर सडकमा हिउँ जमेकाे छ । सडकमा हिउँ जमेकाे कारण साे सडक भएर चल्ने सवारीहरु बीचमै राेकिएका छन् । 

अहिले पनि हिउँ परिरहेकाेले तत्काल हिउँ पञ्छाएर सवारी आवागमन सुचारु गर्न सम्भव नरहेकाे इलाका प्रहरी कार्यालय पालुङले जनाएकाे छ ।  

विहानैदेखि हिउँ परेकाेले पालुङबाट त्रिभुवन राजपथ भएर  हेटाैँडा जाने कुनै पनि सार्वजनिक सवारी नपठाइएकाे थाहानगरस्थित नारायणी यातायात काउण्टरका इन्चार्ज अरुण लामाले जानकारी दिए । 

दामन क्षेत्रमा हिमपात जारी रहे १५ वर्ष यताकै ठूलाे हिमपात हुनसक्ने स्थानीयले अनुमान गरेका छन् । तर हिउँ पर्न राेकिएर वर्षा भएमा छिट्टै पग्लिनसक्ने सम्भावना पनि उत्तिकै रहेकाे छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif