nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहाका अरुणसिंह ठकुरी गाँजासहित पक्राउ

pakrau-1637052749.jpg

थाहा नगरपालिका–८ बस्ने ३५ बर्षिय अरुणसिंह ठकुरी काठमाडौं चन्द्रागिरी नगरपालिका–२ नागढुड्डाबाट पक्राउ परेका छन् ।

लागूऔषध गाँजासहित प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले उक्त स्थानबाट करिब १ केजी अवैध लागूऔषध गाँजाको धुलोसहित ठकुरीलाई पक्राउ गरेको जनाएको छ । ठकुरीलाई महानगरीय प्रहरी प्रभाग नागढुड्डाबाट खटिएको प्रहरीले उक्त परिणामको गाँजासहित सोमबार बिहान पक्राउ गरेको हो ।

सोमबार त्रिशुलीबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–०१–००५ ख ९९४७ नम्बरको बसलाई नागढुड्डास्थित चेक प्वाईन्टमा चेकजाँच गर्दा बसमा सवार ठकुरीको साथबाट सो परिणामको गाँजा बरामद भएको र पक्राउ गरेको महानगरीय प्रहरी प्रभाग नागढुड्डाले जनाएको छ । 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)