nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहाकाे मेयर, काे हुन लवशेर विष्ट ?

मकवानपुर जिल्ला थाहा नगरपालिकामा प्रमुख पदमा विजयी नेकपा माओवादी केन्द्रका लवशेर बिष्टले आफ्नो पदभार ग्रहण गर्नु भएको छ । पदभार सँगै आफ्नो मनले रोजेको व्यक्तीलाई नगर प्रमुखमा पाउँदा थाहा नगरवासी उत्साहीत र हर्षित भएका छन् ।

नगर प्रमुखमा निर्वाचित विष्ट राम बहादुर बिष्ट झमक कुमारी बिष्टका नाती, स्वर्गीय बासुदेव बिष्ट र आमा मैया बिष्टको कोखवाट २०२८ साल जेठ १५ गतेका दिन मकवानपुर जिल्ला, थाहा नगरपालिका –३, झिंगटी घर घर्तिखोलामा जन्मिएका हुन् । प्रविणता प्रमाणपत्र तह (आइ.ए) सम्मको अध्ययन गरेका निर्वाचित विष्ट मध्यमवर्गिय परिवारमा हुर्किएका व्यक्ति हुन् । विष्टका श्रीमती कमला पाण्डे १० वर्षिय छोरी रेजा बिष्ट हुन भने ७ वर्षकी रिजा विष्ट हुन् ।

जनमूखि सहकर्मी हुँदै राजनीतिमा प्रवेश गरेका उनी जनमोर्चा नेपाल तथा हाल नेकपा माओवादी केन्द्रको केन्द्रिय आयोजक समिति सदस्य तथा मकवानपुर जिल्ला सदस्य हुन् ।

सानैदेखि सहयोगी स्वभावका लवशेर बिष्ट आफ्नो बुवालाई सबैै कुरा मिल्ने नजिकको अभिन्न मित्र मान्नु हुन्थ्यो । बुवा वासुदेव विष्ट तत्कालिन दामन पालुङमा जनमूखी सामाजिक काम गर्दै एक सामाजिक अभियन्ताको रुपमा चर्चित थिए  । बुवा बासुदेव विष्ट दुई पटक दामन गाउँ पञ्चायत अध्यक्ष र २ पटक गाविस अध्यक्षमा निर्वाचित भए । बुवा गाविस अध्यक्ष छँदै बिरामी पर्नु भयो, ५ बर्ष अक्सिजन लगायर राख्नु पर्ने अवस्था आयो त्यतिखेर लवसेर बिष्ट वुबाको उपचारसँगै बुवाको सम्पूर्ण सामाजिक काम आफैले सम्हालेका थिए । बुवाको २०५७ चैत्र ७ गते मृत्यू भए पश्चात सदरमुकाम हेटौंडामा बसेर व्यवसाय तथा सामाजीक कार्यमा थालेका थिए । उनले राजनीतिलाई पनि संगसंगै लगेका थिए । 
थाहा आन्दोलनका प्रणेता जनमुखी राजनीतिकर्मी स्वर्गीय रुपचन्द्र विष्टवाट पनि अतिनै प्रभावित उनले आफ्नो सहयोगी मिलनसार स्वभावले हेटौंडामा बसेर थाहा नगरपालिका तथा सिंगो मकवानपुरको बिकास गतिविधि र जनसेवामा निरन्तर लागि रहे । उनले मकवानपुर उत्तरी क्षेत्रको हरेक सामाजिक तथा व्यक्तिगत काममा हरसमय उत्तिकै लाग्ने व्यक्तिको रुपमा परिचित छन् । मकवानपुर निर्माण व्यवसायी संघको सचिव, महाधिवेसन प्रतिनीधि, मकवानपुर उद्योग वाणिज्य संघ कार्यसमिति सदस्य हुँदै हाल कार्यसमिति उपाध्यक्ष पदमा रहेर समेत सेवा गरिरहेका छन् ।

कसैको दुःख देख्न नसक्ने अरुको समस्यालाई आफ्नै समस्या सम्झेर सहयोग गर्ने, परिवारलाई भन्दा समाजलाई बढी समय दिने, मिठो बोली, हरेक उमेरका संग उत्तीकै मिलनसार उनले जनसेवालाई आफ्नो धर्म सम्झिन्छन् । उनी नेतृत्वदायी भुमीका निर्वाह गर्न सक्ने क्षमतावान व्यक्तीेको रुपमा परिचित छन् । उनले आफ्नो बुवा र स्वार्गीय रुपचन्द्र बिष्टको सपना पुरा गरी देशै भरीमा उत्कृष्ट समृद्ध थाहा नगर बनाउने मनैदेखिको अठोट पुरा गर्नका लागि पहिलो पटक भएको स्थानिय तहमा उमेद्वारी दिए । उनको आकांक्षा पूरा गर्न जनताको अत्याधिक मतले विजयी भएरै छाडे ।