Tuesday, 21st April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहाकाे मालपाेत र नापी बन्द हुन सक्ने, हेटाैँडाकाे मालपाेत र नापी आइतबारबाट बन्द

IMG_20210813_111317-1628832612.jpg

मकवानपुरमा कोरोना संक्रमण बढ्नुको साथै जोखिम बढेको भन्दै ३१ साउनबाट एक हप्ताको लागि मालपोत कार्यालय, हेटौंडा र नापी कार्यालय,हेटौंडा बन्द गरिने भएको छ 

हेटौंडा स्थित मालपोत कार्यालय भिडभाड बढेको र संक्रमणको जोखिम उच्च भएकोले आईतबारबाट एक हप्ताको उक्त कार्यलयहरु बन्द गर्न लागिएको जिल्ला प्रशाासन कार्यलय मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भरतमणि पाण्डेले बताए ।

प्रजिअ पाण्डेले थाहा स्थित मालपात र नापी कार्यलयमा भिडभाड बढेको र संक्रमणको जोखिम भएको अवस्थामा कार्यलय प्रमुखहरुले केहिदिनको लागि कार्यलय बन्द गर्न सक्ने अधिकार रहेको बताए ।

यसैगरी प्रजिअ पाण्डेले जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइतबारदेखि आलोपालोमा सेवा प्रवाह गर्ने बताए ।

जिल्लामा संक्रमण बढेको र संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कार्यलयमा भिडभाडको साथै संक्रमण बढ्न नदिन नयाँ नागरिकता, प्रतिलिपि नागरिकता र राहदानी सेवा आलोपालो प्रवाह गर्न लागिएको बताए । उनले प्रशासनले एक हप्ता नयाँ नागरिकता र अर्को हप्ता प्रतिलिपि नागरिकता र राहदानी सेवा प्रवाह गर्ने बताए । खबरब्रेककाे सहयाेगमा ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०