Tuesday, 21st April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहाकाे बज्रवाराहीबाट १३ मूर्ति चाेरी, नाैखण्डेमा फेला

IMG_20210804_095839-1628050538.jpg

थाहा नगरपालिकाकाे बज्रवाराहीबाट  प्रख्यात बाराहीलगायत विभिन्न १३ देवीदेवताका मूर्ति चोरी भएको छ । चाेरी भएका मूर्ति थाहा-१० नाैखण्डे चाेकमा भेटिएकाे छ ।

थाहा नगरपालिका ६ स्थित धामी सुनिलकुमार महर्जनको घरमा राखिएका मूर्तिहरु  २० साउन विहान २ बजे चोरी भएको प्रहरीले जनाएकाे छ । चोरी भएको खबर पाएपछि इलाका प्रहरी कार्यालय पालुङ र चित्लाङका प्रहरी  परिचालन गरिएको थियो । 

प्रहरी परिचालन भएपछि चोरी भएका मूर्तिहरु थाहा नगरपालिका १० नौखन्डे चोकमा कालो झोलामा पोका पारेको अवस्थामा फेला परेको पालुङ प्रहरीले जनाएको छ ।

चोरी भई फेला परेका मूर्तिहरु धामी सुनिल कुमार महर्जनलाई नै जिम्मा लगाइएको छ । चोरी भएका मुर्तिहरुमा बाराही, गणेश, कुमारी, इन्द्रायणी, भैरव, ख्याग, बेतालगायतका छन् । दुईवटा ढकीमा कपडाले पोको पारेर राखिएका मूर्तिहरु ३ जनाको समूहमा आएका चोरहरुले धामीकी श्रीमती कान्छी महर्जनको आँखामा खुर्सानीको धुलो छ्यापेर चोरी गरी भागेका थिए । 

ती मूर्तिहरु ३ वर्षे जात्रामा धामीको घरबाट विधिवत रुपमा मन्दिरमा लगेर पूजा गरिन्छ । करिव ६०-७० वर्ष अगाडि प्राचीन मूर्तिहरु चोरी भएपछि हालका मूर्तिहरु ल्याइएकाे थियाे । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०