Wednesday, 26th August, 2026
वि.स.

थप ४६३ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १२ हजार ७७२ पुग्यो

gautam-1593341724.jpg

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमिततको संख्या १२ हजार सात सय ७२ पुगेको छ। आइतबार मात्र ४६३ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आइतबार  नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १२ हजार सात सय ७२ पुगेको हो। 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट  चार हजार नौ सय ६२  र आरडीटी दुई हजार सात सय ३२ जनाको नमुना परीक्षण गरिएको छ । अहिलेसम्म क्वारेन्टाइन ६१ हजार ७ सय ३१  र  आइसोलेसन ९ हजार सात सय ३१ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना जित्नेको संख्या १८९ रहेको छ । डिस्चार्ज हुनेको कुल संख्या तीन हजार १३ पुगेको छ । 

मन्त्रालयका अनुसार आइतबार कोरोना संक्रमण पुष्टि भएका ४६३ जनामध्ये १०५ महिला र ३५८ पुरुष छन् । कुल संक्रमितमध्ये १४ सय ७४ महिला र ११ हजार दुई सय ९८ पुरुष रहेका छन् । 

प्रवक्ता गौतमका अनुसार अहिलेसम्म पीसीआर विधिबाट दुई लाख १५ हजार आठ सय ३९ र आरडीटी विधिबाट दुई लाख ९६ हजार सात सय ६६ जनाको नमुना परीक्षण गरिएको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif