Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थप ४२१ जनामा कोरोना संक्रमण, संक्रमित स‌ंख्या ९ हजार कट्यो

gautam-1592736957.jpg

नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार नाघेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता  गौतमका अनुसार शनिबार मात्र ४२१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९ हजार २६ पुगेको हो।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट  एक लाख ७५ हजार एक सय ७३ र आरडीटी विधिबाट दुई लाख ६२ हजार एक सय ७४ जनाको नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा २२ प्रयोगशाला पीसीआर विधिबाट ६ हजार ८  र आरडीटी विधिबाट ९ हजार आठ सय ७४ जनाको नमुना परीक्षण गरिएको छ। 

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ९४ हजार ९ सय २८  छन् भने आइसोलेसनमा सात हजार दुई सय ३१ जनाको उपचार भइराखेको छ। आइतबार ८ महिला  र १८६ पुरुष गरेर १९४ जना डिस्चार्ज भएका छन्। अहिलेसम्म कोरोना जित्नेको संख्या भने  १७ सय ७२ पुगेको छ। जसमध्ये १४९ महिला र १६ सय २३ पुरुष रहेका छन्।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०