Wednesday, 26th August, 2026
वि.स.

थप ३५० जना कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या ६५९१ पुग्यो

corona-Update-1592318403.jpg

नेपालमा पछिल्लो २४ घण्टायता थप ३५० जना कोरोना संक्रमित भेटिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६५९१ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारीका अनुसार हालसम्म देशका ७३ जिल्लामा संक्रमण देखिएको छ।  मंगलबार १ सय १७ जना कोरोनाभाइरसको संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका छन्। देशभर कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार १ सय ५८ छ।

देशैभर क्वारेन्टाइनमा १ लाख ३३ हजार ९ जना रहेका छन्। हालसम्म देशभर १९ जनाको कोरोनाका कारण निधन भएको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif