Wednesday, 19th August, 2026
वि.स.

थप ३३६ जनालाई कोरोना पुष्टि, ४ संक्रमितको मृत्यु

corona-virous-1611224649.jpg

पछिल्लो २४ घण्टामा देशभर ३३६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार ५ हजार ३० जनाको पीसीआर परीक्षण भएकोमा ३३६ जनालाई कोरोना पोजेटिभ देखिएको हो ।

बिहिबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ६४६ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये २ लाख ६२ हजार ८६८ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा २२६ जनाले कोरोना जिते ।

बिहिबारथपिएकामध्ये काठमाडौं उपत्यकाका १९८ जना रहेका छन् । यसैगरी २४ घण्टामा ४ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ९७९ पुगेको छ  । सक्रिय संक्रमितको संख्या ३ हजार ७९९ रहेको रहेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif