Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थप २९३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १५७८४ पुग्यो

gautam-1593947648.jpg

काठमाडौंमा २७ सहित थप २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा २ सय ९३ जनामा संक्रमण देखिएको जानकारी दिएका हुन् ।

उनले नेपालमा संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको बताए । प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा ३१ हजार ५७३ र ९ हजार २ सय ३ आइसोलेसनमा छन् ।

गएको २४ घन्टामा १ सय ३२ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म कोरोना निको हुनेको संख्या ६ हजार ५ सय ४७ पुगेको प्रवक्ता गौतमले बताए ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०