Tuesday, 25th August, 2026
वि.स.

थप १८६ जनामा कोरोना संक्रमणको पुष्टि

gautam-1595243243.jpg

 नेपालमा पछिल्लो २४ घन्टामा थप १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङ यसको पुष्टि गरेका हुन् ।देशभरका २७ वटा प्रयोगशालामा गरिएको ४ हजार २१६ पीसीआर परीक्षणमा थप १८६ जनामा कोरोना भाइरस देखिएको हो ।

जिल्लागत तथ्यांक अनुसार संक्रमित हुनेमा सुनसरीका ६, झापाका १, इलामका १, मोरङका १, झापाका २, सिरहाका १, सप्तरीका ९, धुनषाका २, पर्साका ४, बाराका ४६, काठमाडौँका २, सर्लाहीका २३, सोलुखुम्बुका ४, ललितपुरका १, कास्कीका ८, लमजुङका १ , तनहुँका २, स्याङ्जाका १, बाँकेका २, रोल्पाका ४, सल्यानका ३, रुकुम पूर्वका ७, दाङका ६, दैलेखका २, सुर्खेतका ४, हुम्लाका १, कालिकोटका १, डोटीका ४० , कैलालीका १ जना रहेका छन् ।

मन्त्रालयका अनुुसार सोमबारसम्म पीसीआर विधिबाट हालसम्म ३ लाख १९ हजार ८७२ परीक्षणहरु गरिएका छन् भने २४ घन्टामा ४ हजार २१६ परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २२ हजार २२८ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ५ हजार ९३६ जना रहेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif