Monday, 24th August, 2026
वि.स.

थप तीन संक्रमितको मृत्यु

corona-1624604843.jpg

सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप तीन कोरोना संक्रमितको ज्यान गएको छ ।

प्रतिष्ठानले सञ्चालन गरेको कोभिड–१९ अस्पतालमा उनीहको उपचार भइरहेको थियो । प्रतिष्ठानका सह–प्रवक्ता डा। चुडामणि पोखरेलका अनुसार मृत्यु हुनेमा धरान–११ का ७५ वर्षीय पुरुष, धरान–१३ का ४३ वर्षीय महिला र धरान–५ का ७९ वर्षीय पुरुषको मृत्यु भएको हो ।

पछिल्लो २४ घण्टामा मृत्यु भएका तीनै जनामा विभिन्न दीर्घरोगको समस्या रहेको पोखरेलले बताएका छन् । योसँगै धरान उपमहानरपालिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६९ पुगेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif