Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थप एक जना सङ्क्रमितको ज्यान गयो

corona-death-1593237975.jpg

कैलालीका थप एक जना कोरोना सङक्रमितको ज्यान गएको छ । गोदावरी नगरपालिका–७ का ५० वर्षीय पुरुषको शनिबार बिहान ९ बजे चितवनको भरतपुर अस्पतालको आईसीयू कक्षमा ज्यान गएको अस्पतालले जनाएको छ ।

उनि क्यान्सरको बिरामी रहेका थिए । चितवन मेडिकल कलेजमा उपचाररत उहाँलाई बिहीबार राति कोरोना सङ्क्रमण पुष्टि भएपछि भरतपुर अस्पतालमा लगिएको थियो । शुक्रबार दिउँसोदेखि स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि र आइसोलेशन वार्डबाट आइसीयूमा सारिएको अस्पतालले जनाएको छ । स्वास्थ्य मन्त्रालयले भने यसबारे पुष्टि गर्न बाँकी छ ।

योसँगै कैलालीमा मात्रै कोरोनाका कारण चार जनाको ज्यान गएको छ । सुदूरपश्चिममा कोरोनाका कारण ज्यान गुमाउनेको सङख्या ६ पुगेको छ भने देशभर कोरोनाको कारण २८ जनाले ज्यान गुमाएका छन् ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०