Saturday, 15th August, 2026
वि.स.

त्रिभुवन राजपथको दुर्घटनामा घाइते मौसमको उपचारको क्रममा मृत्यु

dead-corona-1630420951.jpg

भिमफेदी गाउँपालिका वडा नम्बर –१ बाघझोरामा सुमो र स्कुटर दुर्घटनामा घाइते भएका मौसम लामाको उपचारका क्रममा मृत्यु भएको छ ।

१२ भदौमा भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका हेटौँडा उपमहानगरपालिका वडा नम्वर ८ कमाने बस्ने १७ वर्षीय मौसम लामाको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । लामाको उपचारको क्रममा सोमबार राति चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

१२ भदौमा हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ७९३१ नम्वरको सुमो र विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश ३–०३ प १३१९ नम्वरको स्कुटर भिमफेदी –१ बाघझोरामा एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो। उक्त दुर्घटनामा लामा सहित स्कुटरमा सवार सोही ठाउँ बस्ने १८ बर्षीय सुशिल लोप्चन घाइते घाइते भएका थिए । लोप्चनको चितवन स्थित चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif