Wednesday, 1st July, 2026
वि.स.

त्रिभुवन राजपथमा भएको दुर्घटनामा मृतक र घाइतेको पहिचान खुल्यो

death-1630040747.jpg

त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-१ सुपारेटार ब्यारेक नजिक राप्ती खोलामा मालवाहक ट्रक खस्दा मृत्यु भएको एक जना र घाईते भएका दुई जनाको पहिचान खुलेको छ ।

दुर्घटनामा मृत्यु हुनेमा सिन्धुली लम्पटार १ बस्ने २८ वर्षीय भोजराज बस्नेत रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।

उनका अनुसार घाईते हुनेहरुमा चालक मोरङ सुन्दरहरैचा ८ बस्ने ३१ वर्षीय राजन बास्कोटा र ट्रकका सहचालक सोही ठाउँ बस्ने २४ वर्षीय सरोज आचार्य रहेका छन् ।

घाईते भएका बास्कोटाको चुरेहील अस्पतामा उपचार भईरहेको छ भने सहचालक आचार्यलाई थप उपचारको लागि काठमाण्डौ पठाईएको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान फलाम बोकेर काठमाण्डौ जाँदै गरेको प्रदेश १-०२-००१ ख ८७५९ नंबरको आईचर ट्रक आफै अनियन्त्रित भई खोलामा खसेको थियो ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०