Wednesday, 26th August, 2026
वि.स.

तोलामा ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

gold1-1622094423.jpg

बिहीबार नेपाली बजारमा सुनको मूल्य  बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार एकै दिन प्रतितोला ७०० रुपैयाँले वृद्धि हुँदै सुन अधिकतम ९४ हजार २०० रुपैयाँ पुगेको हो । 

यो मूल्य पछिल्ला केही महिना यताकै उच्च हो । महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत अधिकतम ९३ हजार ७०० रुपैयाँ पुगेको छ । 

यता, चाँदीको मूल्य भने गत तीन दिन यता स्थिर रहँदै प्रतितोला एक हजार ३५० रुपैयाँ कायम रहेको सुनचाँदी महासंघले जनाएको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif