Monday, 24th August, 2026
वि.स.

तोकिएको तलब दिन माग गर्दै शिक्षक महासंघद्वारा थाहा नगरमा धर्ना

kumar-negi-1625210357.jpg

संघीय सरकारले तोकेको विद्यालय कर्मचारी तथा बाल विकास सहयोगी कार्यकर्ताहरुको तलब सुविधा दिन माग गर्दै नेपाल शिक्षक महासंघ थाहा नगरले नगरपालिका कार्यालयमा धर्ना दिएको छ । 

संघीय सरकारले स्थानीय तहमार्फत् उपलब्ध गराउने गरी विद्यालयकर्मचारी तथा  सहयोगी कार्यकर्ताहरुको तलब समायोजन गरे पनि स्थानीय तहले सोबमोजिम उपलब्ध नगराउने भएपछि शिक्षक महासंघ थाहा नगर आन्दोलित भएको हो । 

यसअघि विद्यालय कर्मचारी परिषद थाहा नगरले नगरपालिकाका प्रमख लवशेर विष्टसँग भेटेर आफ्ना मागहरु राखेको थियो । 

संघीय सरकारले आगामी आर्थिक वर्षबाट विद्यालय कर्मचारी र सहयोगी कार्यकर्ताहरुको मासिक पारिश्रमिक रु. १५ हजार पुु¥याउने घोषणा गरेको छ । विद्यालय कर्मचारीअन्तर्गत् लेखापाल, विद्यालय सहायक र कार्यालय सहयोगी पर्दछन् । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०