nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

तुइन हटाएर झोलुंगे पुल राख्नू: गृहमन्त्री

kkk-1627864632.jpg

गृहमन्त्री बालकृष्ण खाँणले तुइन भएको ठाउँमा तुइन हटाएर तत्काल झोलुंगे पुल निर्माण गर्न निर्देशन दिएका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा आइतबार बसेको विपद् व्यवस्थापन समितिको बैठकमा गृहमन्त्री खाँणले तुइन हटाएर झोलुंगे पुल निर्माण गर्न निर्देशन दिएका हुन् । शुक्रबार महाकाली नदीमाथि तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बलका जवानले तुइन काटिदिँदा नेपाली युवा महाकाली नदीमा बेपत्ता भएका थिए ।

सो घटनापछि गृहमन्त्री खाँणले तुइन भएको ठाउँमा झोलुंगे पुल निर्माण गर्न निर्देशन दिएका हुन् । यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई तुइनमुक्त घोषणा गरेका थिए । गृहमन्त्री खाँणले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकको चनौटे बजारमा बाढीले बगाएको पुलमा वैकल्पिक पुलको व्यवस्था गर्न पनि निर्देशन दिएका छन् ।

शनिबार राति बाढीले चनौटेको पुल बगाएको थियो । सो पुल बगाएपछि मेलम्ची र हेलम्बुको सडक सम्बन्ध टुटेको छ । गृहमन्त्री खाँणले सो स्थानमा पुल निर्माणका लागि आवश्यक बजेटको व्यवस्था मिलाइने भन्दै तत्काल आवश्यक पहल गर्न भनेका हुन् ।