Wednesday, 19th August, 2026
वि.स.

तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

gold1-1623305165.jpg

बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन सय रुपैयाँले घटेर ९३ हजार ९०० रुपैयाँ कायम भएको हो ।  

बुधबार बजारमा सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।महासंघका अनुसार आज तेजाबी सुन पनि तोलामा ३०० रुपैयाँले घट्दै ९३ हजार ४०० रुपैयाँ कायम भएको छ । 

यता चाँदी भने गत बुधबारको मूल्यमा ५ रुपैयाँले वृद्धि हुँदै आज प्रतितोला एक हजार ३५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif