Monday, 31st August, 2026
वि.स.

तीन नम्बर प्रदेश प्रमुख प्रसाईलाई हेटौँडामा स्वागत

प्रदेश ३ का नवनियुक्त प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईलाई २० कार्तिकमा प्रदेश प्रमुखको कार्यालय हेटौँडामा स्वागत गरिएको छ ।

प्रदेश प्रमुख प्रसाईलाई प्रदेश नं। ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, सामजिक विकास मन्त्री युवराज दुलालसहित जनप्रतिनिधिहरु, कर्मचारीहरु, सुरक्षा निकायका प्रमुखहरुको टोलीले स्वागत गरेका हुन् ।

स्वागत पश्चात उनले २० कार्तिकमै पदभार समेत ग्रहण गरेका छन् । प्रदेश नं। ३ का मुख्यमन्त्री डोरमणि पौडेल काठमाण्डौ गएकाले सो कार्यक्रममा अनुस्थित रहेका थिए ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०