Monday, 18th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

तीन दिन हल्कादेखि मध्यम पानी पर्ने

r-1622446529.jpg

नेपालका विभिन्न क्षेत्रमा केही दिनअघि भारी वर्षा हुँदा ठाउँ(ठाउँमा क्षति पुर्‍याएको भए पनि आइतबारदेखि त्यो क्रम भने घट्दो रहेको छ।

यद्यपि, हल्कादेखि मध्यम वर्षा भने कायमै रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए।

‘भारी वर्षा खासै छैन, हल्कादेखि मध्यम वर्षा ठाउँ(ठाउँमा भइरहन्छ,’ उनले भने, ‘तर मौसम सुध्रने क्रममा छ।’ अहिले पनि काठमाडौंको केही भेगसहित उपत्यकाको पूर्व क्षेत्रमा वर्षा भइरहेको छ।

यस्तै, प्रदेश १ र बाग्मती प्रदेशका केही भू(भागमा पनि पानी परिरहेको छ। काठमाडौंका केही क्षेत्रमा पानी पर्ने र केही क्षेत्रमा नपर्ने अवस्था देखिएको छ।

दिउँसो भने आकाश खुलेको थियो। पश्चिमी वायु, स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले नेपालमा मौसम बदली भइरहेको हो।

यसअघि बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘यास’को प्रभाव कमजोर भएको छ। तर सामान्य असर बाँकी नै छ।

आगामी तीन दिन मौसममा बदली भने कायम रहेको अर्यालले जानकारी दिए। पहाडी भू(भागका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ।

प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भएको छ। आइतबार राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, २, वाग्मतीका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सोमबार भने देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, २, बाग्मती र गण्डकीका थोरै स्थानमा र बाँकी प्रदेशका एक(दुई स्थानमा मध्यमसम्म पानी पर्ने जनाइएको छ।

राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, २, बाग्मतीका थोरै स्थानमा र बाँकी प्रदेशको एक दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ।

मङ्गलबार भने देशका अधिकांश भू(भागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ। रासस



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०