Tuesday, 21st April, 2026
वि.स.
Thaha-002-1774415222.gif

तीन दर्जन बढीकाे लाइन काट्याे पालुङ प्राधिकरणले, महशुल सङ्कलन अभियान जारी

IMG_20210902_140425-1630570817.jpg

नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले वक्यौता सङ्कलन तथा चुहावट नियन्त्रण अभियानलाई सक्रियतासाथ अगाडी बढाएको छ ।

नेपाल विद्युत प्राधिकरणले वक्यौता महशुल सङ्कलन तथा चुहावट नियन्त्रण गर्न अभियान  संचालन गरेसँगै पालुङ वितरण केन्द्रलेपनि  अभियान शुरु गरेको हो । 

पालुङ वितरण केन्द्रको डेढ करोड भन्दा बढी बक्यौता उठ्न बाँकी भएकाले ६० दिन भन्दा बढी दिन भन्दा लामो समयको बक्यौता नतिर्ने ग्राहकको लाईन काट्न शुरु गरिएको हो । यस साता मात्र ३ दर्जन भन्दा बढी ग्राहकको लाईन काटि सकिएको र जस मध्ये धरै ग्राहकले महशुल भुक्तानी गरि लाईन जोडाईसकेको पालुङ वितरण केन्द्रका प्रमुख विनोद अधिकारीले बताए । 

पालुङ वितरण केन्द्रले चुहावट नियन्त्रणका लागि टोली परिचालन गरेको र उक्त टोलीले हुकिङ्ग नियन्त्रण,मिटर छड्के तथा रि–सिलिङ्ग कार्यलाई तिव्र बनाएको छ । यस साता मात्र थाहा नगरपालिकाका विभिन्न क्षेत्रबाट अनाधिकृत रुपमा विद्युत चुहावट गर्नेहरुबाट विद्युतिय सामाग्री समेत समातिएको पनि केन्द्र प्रमुख अधिकारीले वताए । 

पालुङ वितरण केन्द्रकोे प्राविधिक र अप्राविधिक गरि २६ प्रतिशत चुहावट रहेको र अब दुबै खाले चुहावट न्यूनिकरण गर्न कार्य योजना बनाएर कार्यालय लागेको कार्यालयले जनाएको छ । 

विद्युत प्राधिकरणमा कुलमान घिसिङ कार्यकारी निर्देशकमा नियुक्ती भएसँगै वक्यौता संकलन र चुहावट नियन्त्रण गर्न मातहातका कार्यालयलाई निर्देशन भए अनुसार अहिले देशव्यापी अभियान संचालन भईरहेको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०