Tuesday, 21st April, 2026
वि.स.
Thaha-002-1774415222.gif

तास खेल्दा पक्राउ परेका वडाध्यक्ष र शिक्षकसहित १५ जना ५ सय जरिवाना तिरेर छुटे

Juwa-khal-1627554033.jpg

तास खेलेको आरोपमा हुम्लाको अदानचुली गाउँपालिकामा प्रहरीले पक्राउ गरेका दुई वडाध्यक्ष, एक शिक्षकसहित १५ जनालाई मुद्दा नचलाई छाडिएको छ । गाउँ कार्यपालिकाको निर्णय भन्दै प्रहरीले उनीहरूलाई पाँच सय जरिवाना गराउँदै छोडेको हो ।

१३ साउनमा प्रहरीले गाउँपालिकाको केन्द्रमा अदानचुली गाउँपालिकाका वडा नं. १ का वडाध्यक्ष रज्ञा थापा, वडा नं. ४ का वडाध्यक्ष विष्णु थापा, स्थानीय शिक्षक राजबहादुर डाँगीसहित १५ जनालाई तास खेलिरहेको अवस्थामा रंगेहात समातेर स्थानीय गल्फगाड प्रहरी चौकीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई पहिलोपटक कसुर गरेको भन्दै प्रहरी असई कृष्णबहादुर बुढाले नरम कारवाही गरेका हुन् ।

‘गाउँपालिकाले नै जुवातास र मदिरा सेवन गर्नेलाई पाँच सय जरिवाना गरेर छोडने निर्णय गरेको रहेछ । सोहीअनुसार हामीले पालिकाकै रसिदमा पाँच सय जरिवाना गरेर छोडिदिएका हौं,’ असई बुढाले भने, ‘गाउँठाउँको प्रहरी चौकी र जिल्लामा पनि भनेको समयमा फोन नलागेका कारण त्यस्तो गरेका हौं ।’



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०