Monday, 18th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

तरकारी ढुवानीका लागि साना किसान सहकारीको आफ्नै सवारी

Sawari-1622898308.jpg

थाहा नगरपालिका ६ बज्रबाराहीको साना किसान कृषि सहकारी संस्थाले स्थानीय स्तरमा उत्पादन हुने तरकारी तथा फलफूलको निर्यात ढुवानीका लागि आफ्नै गाडी खरिद गरेको छ ।

संस्थाले स्थानीय कृषकहरुसङ्ग तरकारी खरिद गरि अन्यत्रका संस्थाहरुलाई विक्री गर्दै आएको छ । थाहाको पालुङ, दामन, बज्रबाराही, चित्लाङलगायतका क्षेत्रमा आलुलगायत अन्य तरकारीहरु प्रशस्तै उत्पादन हुने गरेको छ । संस्थाले यहाँ उत्पादित तरकारी खरिद गरि चितवन, बुटवललगायतका अन्य साना किसान कृषि सहकारी संस्थाहरुलाई विक्री गर्दै आएको छ । तिनै तरकारी निर्यात गर्न र ढुवानीमा खर्च घटाउन आफ्नै गाडी खरिद गरिएको संस्थाका अध्यक्ष महेश्वर सुबेदीले जानकारी दिए । 

संस्थाले २२ जेठमा आफ्नै प्राङ्गणमा नयाँ गाडी पुजा गरेर शुभारम्भ गरेको हो । खरिद गरिएको तरकारी ढुवानीमा सहज हुने अपेक्षासहित आफ्नै स्वामित्वमा गाडी खरिद गरिएको व्यवस्थापक ध्रुव बिडारीले बताए । संस्थाले करिब २८ लाख मूल्यको टाटा कम्पनीको खरिद गरेको हो। यसअघि भाडाको गाडीमा तरकारी निर्यात गर्दै आएको थियो । 

  • सुवाष खुलाल क्षेत्री/बज्रबाराही


https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०