Thursday, 27th August, 2026
वि.स.

तरकारी जोन संचालक समितिको संयोजकमा श्रेष्ठ निर्वाचित

sabin-1607525572.jpg

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तरकारी जोन पालुङको संचालक समितिको संयोजकमा सुविनभक्त श्रेष्ठ निर्वाचित भएका छन् । 

थाहा नगरपालिकाको विकास घरमा २४ मंसिरमा भएको भेलाबाट श्रेष्ठ संयोजकमा निर्वाचित भएका हुन् । संचालक समितिको सहसंयोजकमा सरिता बस्नेत तथा सचिवमा रामकृष्ण कार्की निर्वाचित भएका छन् । 

वि.सं. २०७४ सालमा स्थापना भएको तरकारी जोन संचालक समितिको पदावधि सकिएपछि समिति पुर्नगठन भएको हो । कार्यक्रममा जोन प्रमुख महेश्वर लामिछाने, राजन धिमाल तथा कृषि प्राविधिक र कर्मचारी तथा किसानहरुको सहभागिता रहेको थियो । सो अवसरमा निवर्तमान अध्यक्ष सुदर्शन विष्टलाई जोनको तर्फबाट प्रशंसा पत्र प्रदान गरिएको थियो । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif