Wednesday, 26th August, 2026
वि.स.

तरकारी जोन पालुङबाट ३५ वटा ट्याक्टर वितरण

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तरकारी जोन पालुङले विभिन्न कृषक समूह तथा कृषि फर्ममा आवद्ध किसानहरुलाई खेतबारी जोत्ने ट्याक्टर वितरण गरिएको छ । २ पौषमा थाहा नगरपालिकामा एक कायृक्रमको आयोजना गरी ट्याक्टर वितरण गरिएको हो । 

तरकारी जोनले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार ७ हर्ज पावरको ३० वटा र १२ हर्ज पावरको ५ वटा ट्याक्टर ५० प्रतिशत अनुदानमा वितरण गरिएको तरकारी जोन पालुङ संचालक समितिका अध्यक्ष सुदर्शन विष्टले जानकारी दिए । वितरण गरिएको मध्ये इन्द्रसरोवर गाउँपालिकाको लागि ९ वटा ७ हर्ज पावरको र बाँकी थाहा नगरपालिकाका किसानहरुलाई वितरण गरिएको विष्टले जानकारी दिए ।  

थाहा नगरपालिकाका  उपमेयर खड्ग गोपालीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा तरकारी जोन पालुङका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत महेश्वर लामिछाने, जोनका प्रशासन शाखा प्रमुख राजन धिमाल, कृषि प्राविधिकहरु, जोन संचालक समितिका पदाअधिकारीहरु लगायतकाको उपस्थिती रहेको थियो ।

कार्यक्रम जोन संचालक समितिका अध्यक्ष सुदर्शन विष्टको सभाध्यक्षतामा भएको थियो । 

तरकारी जोनले यसअघि पनि वार्षिक स्वीकृत कार्यक्रम अनुसार थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाका किसानहरुका लागि १ लाख किलो कृषि चुन वितरण गरिसकेको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif