Sunday, 23rd August, 2026
वि.स.

ड्राइभर डाँडा अब पर्यटकीय गन्तव्य

aaa-1625827152.jpg

ड्राइभर डाडामा तिव्र गतिमा होमस्टे भवन निर्माण भइरहेको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले होम स्टेको सांस्कृतिक भवन उद्धाघाटन गरेका हुन् ।

होमस्टे सांस्कृतिक भवनको उद्धघाटन गर्दै मुख्यमन्त्री पाडेलले चाँडै हेटौंडाको १४ नम्वर वडालाई पर्यटन क्षेत्र भनेर घोषणा गर्ने गरी काम गर्न शुभकामना दिए ।

लमजुङ्को घलेगाँउ र र बन्दिपुरको होम स्टेको अध्ययन अवलोकन पश्चात सम्भावना अगाडि बढाएको ड्राइभर डाडामा प्रदेश सरकारको ३० लाख र वडा कार्यालयको ६ लाख बजेटमा बन्न लागिएको होम स्टेका १० वटा भवन निर्माण जारी छ ।

आर्थिक वर्ष २०७७/०७८ मा सुरु गरिएको होम स्टे घर यहि वर्षमै निर्माण सम्पन्न हुने १४ नंम्वर वडाका अध्यक्ष दिपक खड्काले जानकारी दिए ।

होम स्टेको सांस्कृतिक भवनमा तामाङ् जातीका सांस्कृति झल्काउने खालका नाचगान , भेसभुषा देखाउने खड्काले जानकारी दिए । अध्यक्ष खड्काले १४ वडा को शिरानमा जंगलको बिचमा होम स्टे निर्माण भएको हुँदा धेरै भन्दा धेरै पर्यटकहरु आउने अनुमान गरेका छन् ।

अध्यक्ष खड्काले होम स्टे सँगै भ्यु टावर पनि निर्माण भइरहेको बताए । अध्यक्ष खड्काले गत चुनावमा ड्राईभर डाडालाई पर्यटकीय क्षेत्रको रुपमा स्थापना गर्ने प्रविबद्धता पुरा गरेको बताए । ड्राइभर डाडाको सार्वजनिक जग्गामा निर्माण भईरहेको होस स्टे र भ्युटावर वरिपरी बगैचा संगै गेट , बोर्डहरु निर्माण गरी बिस्तारै त्यसलाई विस्तार गर्दै ठुलो स्मारक बनाउने उदेश्य रहेको खड्काले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०