Thursday, 20th August, 2026
वि.स.

डा.केसी प्रतिनिधिसभा विघटनविरुद्ध अनशन बस्ने

gobinda-kc-1613032959.jpg

डा. गोविन्द केसीले प्रतिनिधिसभा विघटनविरुद्ध अनशन घोषणा गरेका छन् । उनले अवैधानिक रुपमा गरिएको प्रतिनिधिसभा विघटनको प्रयासबाट संविधानको रक्षा गरियोस् भन्दै फागुन १२ गतेदेखि अनशन बस्‍ने बताएका हुन् । माइतीघर मण्डलमा बिहीबार पत्रकार सम्मेलन गर्दै केसीले विभिन्न ३ बुँदे मागसहित २० औं सत्याग्रह घोषणा गरेका छन् ।

डा. केसीले पत्रकार सम्मेलन गर्दै प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको इमानको परीक्षण पनि हुने बताएका छन् । ‘प्रजातन्त्रको हत्या गर्न खोज्ने तानशाही हामीलाइ स्वीकार्य छैन। अदालतले संविधानको रक्षा नगरे जनताले जवाफदेही बनाउनेछन्,’ उनले भने, ‘गैरसंवैधानिक प्रतिनिधिसभा विघटनलाई अदालतले बदर गर्नेमा मलाई विश्वास छ ।’

केसीले उनले अनशन बस्ने स्थल भने खुलाएका छैनन् । ‘७७ जिल्लामध्ये जहाँ पनि बस्न सक्छु । अहिले नै ठाउँ भनियो भने ओलीले गैरकानुनी बल प्रयोग गरेर अनशन बस्नै दिँदैनन्,’ उनले भने । ओली श्रीपेचबिनाका श्री ७ महाराज बन्न खोजेको केसीले आरोप लगाए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif