nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

ठूलाे एकादशीमा ऋषेश्वरमा भव्य मेला

IMG_20211115_114848-1636957113.jpg

थाहानगरकाे दामनस्थित ऋषेश्वरमा हरिबोधिनी एकादशी पर्वका अवसरमा भव्य मेला लागेको छ । मेलामा थाहा नगरपालिका लगायत मकवानपुर, धादिङ, चितवन, काठमाण्डौ, बारा, पर्सा, काभ्रे तथा तिब्बतबाट समेत हजारौंको संख्यामा श्रद्धालु भक्तजन र मेला भर्न आएका छन् । 

यस वर्ष गतवर्षहरुकाे तुलनामा काेराेनाकाे प्रभाव कम रहेकाेले भक्तजनहरु ऋषेश्वरमा भीड लागेका हुन् । गए राति ऋषेश्वरमा दीप प्रज्वलन गरेर जाग्राम बस्नेहरुकाे संख्या पनि उल्लेख रहेकाे थियाे । 

मन्दिरमा परिसरमा बाबियाेको डोरीमा फूलपाती राखेर ‘फुल तार्ने’ प्रचलन समेत रहेको छ ।  ऋषेश्वरको दर्शन गरे मनले चिताएको कुरा पुरा हुने र सन्तान मागे पाइन्छ भन्ने विश्वास छ । पहराको बीचमा महादेबले त्रिशुल घोप्दा पानी निस्किएको हिन्दु  किम्बदन्ती छ । बाैध्दमार्गीहरु भने ऋषेश्वरलाई  गुरु रिम्पोछेकाे तपस्थलकाे रुपमा लिन्छन् । 

प्रत्येक वर्ष ठूलो एकादशी, फागु पूर्णीमा, शिवरात्रिको दिन ऋषेश्वरमा ठूलो मेला लाग्ने गर्दछ।  मेला भर्न स्थानीय तथा देशविदेशका हिन्दु तथा बुद्ध धर्मावलम्बीहरू आउने गर्दछन् । 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)