Saturday, 15th August, 2026
वि.स.

ठाडोखोला झरनामा चिप्लिएर एकको मृत्यु

death1-1628415287.jpg

थाहा नगरपालिकासँगै सिमाना जोडिएको इन्द्रसरोबरस्थित ठाडोखोला झरना हेर्न आएका एकजनाको झरनामा चिप्लिएर ज्यान गएको छ ।

झरनाको पानीमा हातले खेल्ने क्रममा चिप्लिए। लड्दा झरना तल जमेको पानिमा डुबेपछि एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

२३ साउनमा  ईन्द्रसरोबर गाउँपालिका वडा नम्बर १ ठाडोखोलास्थित ठाडोखोला झरना हेर्न आएका काठमाण्डौ नागर्जुन नगरपालिका वडा नंबर ३ बस्ने वर्ष २३ का सन्देश राईको झरनामा चिप्लिएर लड्दा झरना तल जमेको पानीमा डुबेपछि ज्यान गएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता देबेन्द्र दासले थाहा टाइम्सलाई बताए ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif