nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

ट्रक दुर्घटनामा थाहाका एक जनप्रतिनिधिको मृत्यु

Sundar-1631768811.jpg

गएराती त्रिभुवन राजपथको पालुङ–नौबिसे सडकखण्ड अन्तर्गत सोप्याङ खोलामा भएको ट्रक दुर्घटनामा परी थाहानगरका एक जनप्रतिनिधिको मृत्यु भएको छ । थाहा नगरपालिका वडा नम्बर १ का वडा सदस्य सुन्दर प्रधानको दुर्घटनामा परी मृत्यु भएको हो ।

पालुङबाट काठमाण्डौंका लागि तरकारी लोड गरेर जाँदै गरेको ना ५ ख ८६४२ नम्बरको ट्रक गए राती ११ः५५ बजे थाक्रे गाउँपालिका–८स्थित सोप्याङ खोलामा सडकबाट करिब ७० मिटर तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक रुपा थापाले जानकारी दिइन् । सोही गाडीमा रहेका प्रधानको गाडीबाट हाम फाल्ने क्रममा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

चालक प्रमोद अर्याल भने गाडीबाट हाम फालेर ज्यान जोगाउन सफल भएका छन् । उनी सकुशल रहेको प्रहरी निरीक्षक थापाले थाहा टाइम्सलाई जानकारी दिइन् । 

दुर्घटनाको खबरपछि इलाका प्रहरी कार्यालय खानीखोलाको प्रहरी टोली दुर्घटना स्थल पुगेको थियो । प्रधानको शब पोष्टमार्टमको लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)