Sunday, 16th August, 2026
वि.स.

ट्रक दुर्घटनामा थाहाका एक जनप्रतिनिधिको मृत्यु

Sundar-1631768811.jpg

गएराती त्रिभुवन राजपथको पालुङ–नौबिसे सडकखण्ड अन्तर्गत सोप्याङ खोलामा भएको ट्रक दुर्घटनामा परी थाहानगरका एक जनप्रतिनिधिको मृत्यु भएको छ । थाहा नगरपालिका वडा नम्बर १ का वडा सदस्य सुन्दर प्रधानको दुर्घटनामा परी मृत्यु भएको हो ।

पालुङबाट काठमाण्डौंका लागि तरकारी लोड गरेर जाँदै गरेको ना ५ ख ८६४२ नम्बरको ट्रक गए राती ११ः५५ बजे थाक्रे गाउँपालिका–८स्थित सोप्याङ खोलामा सडकबाट करिब ७० मिटर तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक रुपा थापाले जानकारी दिइन् । सोही गाडीमा रहेका प्रधानको गाडीबाट हाम फाल्ने क्रममा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

चालक प्रमोद अर्याल भने गाडीबाट हाम फालेर ज्यान जोगाउन सफल भएका छन् । उनी सकुशल रहेको प्रहरी निरीक्षक थापाले थाहा टाइम्सलाई जानकारी दिइन् । 

दुर्घटनाको खबरपछि इलाका प्रहरी कार्यालय खानीखोलाको प्रहरी टोली दुर्घटना स्थल पुगेको थियो । प्रधानको शब पोष्टमार्टमको लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०