Thursday, 27th August, 2026
वि.स.

ट्रकको ठक्करबाट महिलाको मृत्यु

d-body-1606725538.jpg

रौतहटको चन्द्रपुर नगरपालिका  बसन्तपुरमा ट्रकको ठक्करबाट एक महिलाको ज्यान गएको छ । चन्द्रनिगाहपुराबाट गौर जान लागेको ना ३ ख ५७२२ नम्बरको ट्रकले साेमबार बिहान ठक्कर दिँदा ६५ वर्षीया महिलाको घटनास्थलमै ज्यान गएको हो ।

ट्रकको ठक्करबाट चन्द्रपुर नगरपालिका वडानं ८ मोतीपुरकी ६५ वर्षकी देवकी आचार्यको ज्यान गएको  रौतहट प्रहरी  प्रमुख एसपी  सिद्धीबिक्रम शाहले जानकारी दिएका छन्  । ठक्कर दिने चालक र ट्रक ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा रहेको एसपी शाहले बताए  । घटनाबारे आवश्यक अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif