Monday, 18th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

death-body-1622611909.jpg

ट्याक्टर दुर्घटना हुँदा खोटाङमा एक जनाको ज्यान गएको छ ।

सुनकोसी किनारमा बालुवा लिन जाँदै गरेको ना ६ छ १९१० नम्बरको ट्याक्टर लैकुखोला नजिक दुर्घटना हुँदा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका रोशन राउतको ज्यान गएको वडासदस्य खेमराज कार्कीले जानकारी दिए । 

वडा कार्यालय धितुङको निर्माणाधीन भवनका लागि बालुवा लिन जाने क्रममा ट्याक्टर दुर्घटना भएको र चालक राउतको ज्यान गएको कार्कीले बताए ।