Thursday, 27th August, 2026
वि.स.

ट्याक्टरले किचेर सह–चालकको मृत्यु

death-body-1617515744.jpg

विराटनगरमा आइतबार बिहान ट्याक्टरले किचेर सह–चालकको घटनास्थलमै मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१४ स्थित सिंघीया खोलानजिक ट्याक्टरले किचेर सह–चालक २५ वर्षीय कामेश्वर कामतको ज्यान गएको हो । 

सडकमा गुडिरहेको को २ त २७३४ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भएर सडकमा पल्टिदा घटना भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए । 

अचानक पल्टिएको ट्याक्टरले विराटनगर –१४ घर भएका सह–चालक कामतलाई किचेको थियो । उद्धार गर्न नपाउँदै उनको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनापछि फरार रहेका चालकको खोजी भइरहेको डीएसपी राईले बताए । 


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif