Saturday, 15th August, 2026
वि.स.

टौखेलमा बेवारिसे मोटरसाइकल फेला, सप्रमाण आउन प्रहरीको आग्रह

IMG_20210802_112505-1627882907.jpg

थाहा नगरपालिका–१० टौखेलस्थित सडक छेउमा स्थानीयले बेवारिसे पल्सर मोटरसाइकल देखेपछि नजिकको चित्लाङ प्रहरी कार्यालयलाई खबर गरे । प्रहरीले सो मोटरसाइकल लगेर कार्यालयमा राख्यो । तर तीन दिनसम्म पनि मोटरसाइकल धनी सम्पर्कमा आएका छैनन् । 

अहिले इलाका प्रहरी कार्यालय चित्लाङमा रहेको सो बेवारिसे मोटरसाइकल लिन कोही नआएको सो कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक होमबहादुर गोदारले जानकारी दिए । प्रमाणसहित मोटरसाइकल दावीका लागि आउन पनि उनले आग्रह गरेका छन् । 

कालो रङको सो मोटरसाइकलको नम्बर बा ९६ प २४५९ रहेको छ । 


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif