Wednesday, 26th August, 2026
वि.स.

टेकु अस्पतालमा कोरोना परीक्षण स्थगित

teku-hospital-1620719709.jpg

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पीसीआर परीक्षण स्थगित गरेको छ ।अस्पतालले मंगलबार एक सूचना जारी गर्दै विशेष कारणवश अर्को व्यवस्था नभएसम्मका लागि पीसीआर परीक्षण स्थगित गर्नुपरेको जनाएको छ । अस्पतालका निर्देशक डा. सागर राजभण्डारीका अनुसार पीसीआर परीक्षणका लागि आवश्यक पर्ने एक्सट्रयाक्सन किट सकिएकाले परीक्षण स्थगित गर्नु परेको हो ।

‘अन्य ल्याबको किट हामी प्रयोग गर्दैनौं । सप्लायर्सले दुई दिनभित्र उपलब्ध गराइदिन्छु भनेको छ,’ उनले भने, ‘किट आएपछि परीक्षण पुनः सुरु गछौं ।’

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif