nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

टिष्टुङ स्वास्थ्यचौकी भवन समुदायलाई हस्तान्तरण

अम्रिकेयर्सको सहयोगमा विराट नेपाल मेडिकल ट्रष्ट (बिएनएमटी) निर्माण गरेको मकवानपुरको टिष्टुङ स्वास्थ्य चौकी भवन समुदायलाई हस्तान्तरण गरिएको छ । बिएनएमटीले ६९ लाख रुपियाँ र स्थानीय ८ लाख रुपियाँको जन सहभागितामा स्वास्थ्य चौकी निर्माण भएको बिएनएमटीका मकवानपुर जिल्ला कार्यक्रम संयोजक चिनिया लामाले जानकारी दिए । भूकम्पबाट क्षति भएको स्वास्थ्यचौकी भवन बिएनएमटीले निर्माण गरेको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख रामचन्द्र पाठकको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी स्वास्थ्य मन्त्रालय सचिव डा.सेनेन्द्र राज उप्रेतीको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा प्रमुख अतिथी उप्रेतीले स्वास्थ्य संस्थाहरुमा ५ बजेसम्म सेवा समयलाई कडाइकासाथ कार्यान्वयन गरिने बताए । उनले औषधि व्यवस्थापनमा समेत गाउँगाउँलाई प्राथमिकतामा राखिने बताए । बिएनएमटीका कन्ट्री डाइरेक्टर सुमन चन्द्र गुरूङले ५० वर्ष अघिदेखि संस्थाले स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको बताउँदै नागरिकलाई सहज स्वास्थ्य सुविधाको लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरे । संस्थाले १० मंसीरमा मकवानपुरको निबुवाटार र मकवानपुरगढीमा निर्माण गरिएको स्वास्थ्य चौकी भवन उद्घाटन तथा समुदायलाई हस्तान्तरण कार्यक्रम तय गरिएको छ । उक्त कार्यक्रममा बिएनएमटिका अध्यक्ष महेश शर्मा, अमेरिकेयर्सका कन्ट्री डाइरेक्टर राेहित अाेडारी, एनएचपिएसएसका सुनिल खड्का लगायतकाे उपस्थिति रहेकाे थियाे । 

कार्यक्रममा मध्यामाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक श्रवण नायकले क्षेत्रिय कार्यालयबाट हुने सहयोगलाई ग्रामिण क्षेत्रमा केन्द्रीत गरिने बताए ।जिल्ला जनस्वास्थ्य प्रमुख रामचन्द्र पाठकले अनुगमन मूल्याङ्कनलाई पनि कडाइकासाथ गरिने बताए । अम्रिकेयर्सका कन्ट्री डाइरेक्टर रोहित ओडारीले स्वास्थ्य संस्थाहरुलाई तालीम र उपकरणहरुमा सँधै सहयोग गर्ने उल्लेख गरे । बिएनएमटीले मकवानपुरको सात गाविसमा भूकम्पबाट क्षति भएको स्वास्थ्य चौकी भवन निर्माण गरिरहेको छ ।

फोटो: ज्ञानचन्द्र शिकारी/टिष्टुङ



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)