Wednesday, 26th August, 2026
वि.स.

टिपरको ठक्करबाट १ जनाको मृत्यु

accident-new-1619078288.jpg

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका स्थित सानोठिमीमा टिपरले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

गएराती पेप्सीकोलाबाट सानोठिमी जाँदै गरेको रा।२प ४४३७ नम्बरको मोटरसाईकललाई पेप्सीकोला तर्फ आउँदै गरेको बा।३ख ४४६५ नम्बरको टिपरले ठक्कर दिँदा ४२ वर्षीय पदमराज पाठकको मृत्यु भएको हो । मोटरसाईकल पछाडी सवार पाठकको उपचारको क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको हो । उनि पुरानो ठिमी बस्दै आएका थिए ।

टिपरको ठक्करबाट मोटरसाईकल चालक दाङ लालमठिया–५ घर भएका २४ वर्षीय उमेश चौधरी घाइते भएका छन् ।  उनको न्यूरो अस्पताल बाँसबारीमा उपचार भइरहेको छ । टिपर चालक सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–३ घर भएका राजन नेपालीलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत ठिमीले जनाएको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif